२०८१ असोज २५ गते शुक्रवार

विद्यार्थीलाई जीवन उपयोगी सिप


हेमराज शर्मा,दाङ, भदौ २८ । दाङको घोराही उपमहानगरपालिका वडा नं १५ काठेकोल स्थित सरस्वती माध्यमिक विद्यालय भरतपुरका विद्यार्थीहरुले पढाईसगै जीवन उपयोगी सिप पनि सक्न शुरु गरेका छन ।

विद्यालयले आफ्नो बार्षिक कार्यपात्रो नै बनाएर महिनामा दुई दिन विद्यार्थीहरुलाई जीवन उपयोगी सीप सिकाउन थालेको विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेलले जानकारी दिए ।

उनका अनुसार प्रत्येक महिनामा दोस्रो र चौथो शुक्रवारका दिन विद्यार्थीहरुलाई जीवन उपयोगी सिप सिकाउन थालिएको छ ।

सोहि कार्यक्रम अनुसार आज शुक्रवार विद्यार्थीहरुलाई बत्ति काट्न र ब्यूटि पार्लर अन्र्तगत थ्रेडिङ गर्न सिकाइएको हो ।

विद्यालयले महिनामा दुइ वटा शुक्रवारका दिन विद्यार्थीहरुको रुचि र ब्यवहारिक सीप अन्र्तगतका सीप सिकाउन शुरु गरेकोे छ ।

सोही सीप अनुसार विद्यार्थीहरुलाई टाई बनाउने, जुत्ताको तोना मिलाउने, घरमा सामान मिलाएर राख्ने, कपडामा आइरन लगाउने, असार बनाउने, चिया पकाउने, घरमा आउने पाहुना स्वागत सत्कार गर्न, घर विद्यालय वरपर सरसफाइ राख्ने, टुना र टपरी बनाउन सिकाउने, कपाल बाट्ने, कपाल काट्ने लगायतका सिप सिकाउने गरी बार्षिक कार्यपात्रो बनाएर कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेलले जानकारी दिए ।

परिवर्तित समयसगै विद्यार्थीलाई दैनिक जीवनमा काम लाग्ने सीप सिकाउन विद्यालय ब्यवस्थापन समितिले निर्णय गरेर चालू शैक्षिक वर्षको शुरुदेखी महिनामा दुई वटा शुक्रबार बुक फ्री डे गर्ने र सोही दिन विभिन्न सीप मूलक कार्य गर्न सिकाइदै आएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिबेक श्रेष्ठले जानकारी दिए ।

उनले यो कार्यक्रमलाई आगामी दिनमा अझ प्रभावकारी बनाएर लैजाने बताए ।

विद्यार्थीहरुले सीप मूलक सीप सिक्न पाएकोमा खुशी भएका छन । त्यस्तै, अभिभावले पनि आफ्ना छोराछोरीले पढाईसगै दैनिक जीवनमा आवश्यक पर्ने सिप सिकेको र त्यसलाई घरमा पनि लागू गरेकोमा खुशी ब्यक्त गर्ने गरेको विद्यालयले जनाएको छ ।

विद्यालयको कार्यपात्रो अनुसार विद्यार्थीहरुलाई विद्यालयका शिक्षक र आवश्यकता अनुसार बाहिरबाट प्रशिक्षक बोलाएर विद्यार्थीलाई प्रशिक्षण र सिप सिकाउने ब्यवस्था गरेको छ ।

दाङको घोराही उपमहानगरापलिका सामाजिक बिकास महाशाखाले चालु शैक्षिक बर्षदेखि  महिनामा एउटा शुक्रवार नगरपालिका भित्रका विद्यालयहरुमा बुक फ्रि डे बनाई विद्यार्थीहरुलाई जीवन उपयोगी सिप सिकाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८१ भाद्र २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *