२०८३ भाद्र १० गते बुधवार

सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाज नेपालगञ्ज अवतरण

काठमाडौं,साउन २६ । काठमाडौंबाट सुर्खेतका लागि उडान भरेको बुद्ध एयरको जहाज नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको छ।

शनिबार बिहान फ्लाइट नम्बर यू ४–१३७ रहेको जहाज नेपालगञ्ज विमानस्थलमा अवतरण भएको हो।

जहाज आज बिहान ११:१५ बजे उडान भएको थियो। सुर्खेत अवतरण गर्ने अन्तिम मिनेटमा आकस्मिक सूचना जारी गरेर बुद्ध एयरको विमान नेपालगन्ज विमानस्थलमा अवतरण गरेको यात्रुले बताएका छन्।

विमान काठमाडौं फर्किने वा मौसमको प्रतीक्षा गरेर फेरि सुर्खेत उड्ने छलफल जारी रहेको बताइएको छ।

त्रिभुवन विमानस्थलले मौसम खराबीका कारण जहाज डाइभट भएको जनाएको छ।

प्रकाशित मिति : २०८१ साउन २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *