घोराही फागुन २१ । घोराही उपमहानगरपालिका अन्र्तगत बिभिन्न दुई वटा बिधालयका ५२ जना बालबालिकाहरुलाई सोमबार बिधालयको ड्रेस तथा न्यानोकपडा बितरण गरिएको छ ।
नेपाल महीला सामुदायिक सेवा केन्द्र दाङको प्राबिधिक तथा हेल्प नेपाल काठमाण्डौको आर्थिक सहयोगमा बालबालिकाहरुलाई न्यानो कपडा र स्कुल ड्रेस बितरण गरिएको हो ।
घोराही उपमहानगरपालिका वडा नम्बर १३ बनगाँउ स्ििथत बराह क्षेत्र माध्यमिक बिधालयका २५ र गोरक्ष रत्ननाथ माबी चौघेराका २७ गरि कक्षा १ देखी ९ सम्म अध्यनरत बिपन्न अबस्थाका ५२ जना बालबालिकाहरुलाई स्कुल ड्रेस र न्यानो कपडा बितरण गरेको नेपाल महीला सामुदायिक सेवाकेन्द्र दाङका अध्यक्ष कल्पना न्यौपानेले जानकारी दिए ।
बराह क्षेत्रमा बराहक्षेत्र माबिका पधान्याध्यापक ज्ञाननाथ योगिको अध्यक्षता तथा वडा अध्यक्ष दुल्लुराम पोख्रेलको प्रमुख आतिथ्यतामा र श्री गोरक्ष रत्ननाथ माबि चौघेरामा बिधालय ब्यबस्थापन समितिका अध्यक्ष निर्मल आचार्यको अध्यक्षता तथा वडा नम्बर १७का वडा अध्यक्ष रामलौटन चौधरीको प्रमुख आतिथ्यतामा बिधार्थि बालबालिकाहरुलाई बालबालिकाहरुलाई न्यानो लुगा र बिधालयको ड्रेस बितरण गरिएको थियो ।
सो अबसरमा बोल्ने बक्ताहरुले बिपन्न समुदायका बिधार्थिहरुलाई नेपाल महीला सामुदायिक सस्थाले गरेको सहयोगको सराहाना गरेका थिए ।