घोराही, माघ २८ । घोराही उपमहानगरपालिका– ७ सौडियारस्थित मावि सौडियारको ५०औँ वार्षिकोत्सव (स्वर्ण जयन्ति) मनाउने तयारी गरेको छ ।
फागुन १ गते विद्यालयमा हुने स्वर्ण जयन्ति कार्यक्रमको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गर्ने भएका छन् ।
स्वर्ण जयन्ति समारोहको मुख्यमन्त्री चौधरीले उद्घाटन गर्ने विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराइले जानकारी दिए ।
विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष लोकबहादुर कुवरले वार्षिकोत्सवको अवसरमा विभिन्न प्रतियोगितात्मक कार्यक्रम, विज्ञान कला प्रदर्शनी र नृत्य प्रतियोगिता हुने जानकारी दिए ।
प्रकाशित मिति : २०८० माघ २८ गते आइतवार