२०८३ बैशाख ११ गते शुक्रवार

मावि सौडियारमा अंग्रेजी माध्यमबाट पढाई हुने

घोराही,असोज ४ । माबी सौडियारले शुक्रबारदेखि अंग्रेजी माध्यमबाट पठन पाठन हुने भएको छ ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराईले बिद्यार्थीको पढ्न पाउने अधिकारबाट बञ्चित गर्न नहुने भन्दै शुक्रबारदेखि विद्यालयमा अंग्रेजी माध्यमबाट पठन पाठन सञ्चालन गरिने जानकारी दिए ।

भट्टराईले बिद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र गौतमलाई शिशु कक्षादेखि कक्षा ५ सम्म अग्रेजी माध्यमको पढाइ गर्न सन्चालन गर्न निर्देशन दिएका छन् ।

आइतबारदेखि बिद्यालयको बिहानको प्लस टु र बिद्यालयको नेपाली माध्यमको पढाई पनि सन्चालन गर्न बिद्यालयका प्रअ गौतमलाई निर्देशन दिए । बिद्यालयका प्रअ गौतमले पढाइ सन्चालन गर्ने कुरामा सकारात्मक रहेको र सोही अनुसार शिक्षक र बिद्यार्थीलाई जानकारी गराउने बताए ।

बिब्यस अध्यक्ष भट्टराईले शिक्षकको जारी आन्दोलनमा बिब्यसको तर्फबाट एक्यवद्धता जारी गर्दै जायज माग तत्काल सरकारले पुरा गरेर शिक्षकलाई कक्षा कोठामा फर्किने वातावरण बनाउनुपर्नेमा जोड दिए ।

शिक्षकहरुको आन्दोलनलाई सफल बनाउन बिब्यसको तर्फबाट कालोपट्टि बाधेर सरकारलाई खबरदारी गर्न शिक्षकलाई बिद्यालयमा सहयोग गर्ने, तर, सामुदायिक बिद्यालयमा दिनप्रती दिन बिद्यार्थी संख्या घट्दै गइरहेकाले बिद्यालय बन्द गर्ने कुरामा सहमत हुन नसक्ने अध्यक्ष भट्टराईले बताए

प्रकाशित मिति : २०८० असोज ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *