२०८० असोज १५ गते सोमवार

बाल दिवसमा चित्रकला प्रतियोगिता सम्पन्न

तुलसीपुर,भदौ ३० । राष्ट्रिय बाल दिवसको अवसरमा तुलसीपुरमा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।

“बालबालिकामा लगानी ः सुनिश्चित भबिष्यको थालनी” भन्ने मुल नाराका साथ नेशनल प्याब्सन दाङले “बाल अधिकार” बिषयक जिल्ला स्तरीय चित्रकला प्रतियोगिता डिभाईन टेम्पल एकेडमीमा सम्पन्न भएको हो ।

नेशनल प्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपानेको अध्यक्षता तथा नेशनल प्याब्सन केन्द्रिय सदस्य प्रकाश कुमार शर्माको प्रमुख आतिथ्यता एवम् केन्द्रिय सदस्य भिम बहादुर बुढाथोकीको बिशिष्ट आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।


उक्त प्रतियोगितामा डिभाईन टेम्पल एकेडमीका कक्षा ९ की छात्रा सची शाह प्रथम, बाल सहारा इङलिस बोर्डिङ स्कुलका कक्षा १० की छात्रा उषा बुढाथोकी द्वितीय, राप्ती बाल एकेडमीका कक्षा ८ की छात्रा दिपशिखा नाथ तृतिय र ज्ञानज्योती सेकेन्डरी स्कुलका कक्षा ७ का छात्र सस्कार भट्टराइ सान्त्वना भएका थिए ।

प्रतियोगितामा निर्मला गौतम र सन्दिप चौधरीले निर्णयाकको भुमिका निभाएका थिए ।


नेशनल प्यावसन दाङका जिल्ला सदस्य फत्ते बहादुर खड्काको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव सालिकराम कार्कीले गरेका थिए ।

प्रकाशित मिति : २०८० भाद्र ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *