काठमाडौँ,भदौ १८ । मधेश प्रदेशसभाका सदस्य अनिरुद्धकुमार सिंहलाई राजविराजबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
सप्तरी जिल्ला प्रहरी कार्यालयका एसपी नरेन्द्रकुमार कार्कीले सिंहलाई सोमबार नियन्त्रणमा लिएको जानकारी दिए ।
उनका अनुसार उनको पुरानो मुद्दा कायमै रहेकोले नियन्त्रणमा लिएको हो । उनको पुरानो ज्यान मुद्दा रहेको थियो । उनलाई अदालतमा पेस गरिएको छ ।
माओवादी नेता गोविन्द चौधरीको हत्यामा संलग्न रहेको घटनामा ०६४ सालदेखि मुल्तबीमा रहेको मुद्दामा सिंहसमेत आरोपी हुन् ।
सप्तरी ४ को प्रदेश सभा (ख)बाट सिंह विजयी भएका थिए । उनले ९ हजार ९८५ मत प्राप्त गरेका थिए ।
प्रकाशित मिति : २०८० भाद्र १८ गते सोमवार