२०७७ कार्तिक ४ गते मङ्गलवार

तुलसीपुरमा एक हप्ते योग शिविर हुने

यमकला भुसाल,
तुलसीपुर, बैशाख १४ । पतञ्जली योग समिति तुलसीपुरको आयोजनामा एक हप्ते योग शिविर सञ्चालन हुने भएको छ । शनिवार तुलसीपुरमा आयोजित भेलामा जेठको दोस्रो सातादेखि अरनिको मैदानमा १ हप्ते योग शिविर सञ्चालन गर्ने जानकारी दिइएको हो । ‘सबैको लागि योग,सधैंका लागि योग’ भन्ने मुल नारा सहित हुन लागेको शिविरको मुख्य प्रशिक्षकमा पतञ्जली योग समिति प्रदेश नं ५ का प्रमुख प्रशिक्षक दिपक बस्याल रहने जानकारी दिइएको छ ।

योग समिति तुलसीपुरका अध्यक्ष प्रल्हाद शाहको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथि पतञ्जली योग समिती प्रदेश ५ का प्रमुख प्रेम शाहले विगत लामो समय देखि योग समितिबाट गाउँ गाउँसम्म योगलाई शिविरका माध्यमबाट फैलाएको बताए । उनले हरेक व्यक्तिको स्वास्थ्य जीवनका लागि योग अति आवश्यक भएको हुँदा सबैले योग गर्नुपर्ने धारणा राखे ।

घर घरमा योगको जागरण फैलाउने उद्देश्यले शिविरको आयोजना गर्न लागिएको उनले जानकारी दिए । तुलसीपुर उपमहानगरपालिका भित्र अहिले ३८ वटा योग कक्षाहरु संचालन हुँदै आएका छन् । कार्यक्रमको सहजीकरण योग समितिका युवा सयोजंक टेकबहादुर खड्काले गरेका थिए ।

प्रकाशित मिति : २०७६ बैशाख १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *