प्रमोद आचार्य , दंगीशरण,भदौ १२ । दंगीशरण गाउँपालिका कृषि तथा पशु विकाशमा आधारित सानाकिसान तथा युवा उद्यमशिलता तथा हेफर प्रोजेक्टको साझेदारीमा संचालित परियोजना,हेफर प्रोजेक्ट नेपालको प्राबिधिक सहयोग ,तथा दंगीशरण गाउँपालिकाको आर्थिक सहयोगमा बाख्रा उपहार कार्यक्रम वडा नं. ५ को सलौराकुरी टोलमा सम्पन्न भएको छ ।
गत बर्षदेखी संचालित बाख्रा उपहार कार्यक्रम अन्तर्गत बितरण गरिएको माउ बाख्राबाट उत्पादीत उपहार बाख्रा समुहका अन्य सदस्यहरुलाइ आज एक कार्यक्रमका विच प्रदान गरिएको हो ।
भोकालाइ एक छाक भोजन होइन जिउने जुक्ती सिकाउ भन्ने उदेस्यका साथ दंगीशरण कृषि तथा पशु विकाशमा आधारीत साना किसान तथा युवा उधमसिलता साझेदारी अन्तर्गत वडा नं. ५ को कुरीमा रहेको शिबसक्ती समुहका सदस्यहरुले वडा नं. ५ मा रहेको हरियाली समुहका दिदिबहिनीहरुलाइ बाख्रा उपहार प्रदान गरेका हुन ।
गाउँपालिकाको ७० प्रतिशत र हेफर प्रोजेक्ट नेपालको ३० प्रतीशत सहयोगमा दंगीशरणमा कृषि तथा पशु पन्छिको क्षेत्रमा प्रभाबकारी काम गर्न परीयोजना लागु गरीएको गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताए ।
अध्यक्ष गिरीले भौतीक पुर्बाधारलाइ मात्र विकाश नठानि किसानी जनताको आर्थिक अवस्था मजबुत र सबैको चेतनाको विकास गर्नसके मात्र आफुहरुको नारा समुन्नत दंगीशरण हाम्रो परीकल्पना नाराले सार्थकता पाउने बताए ।
यस्तै कार्यक्रमका बिशिस्ट अथिती गाउँपालिका उपाध्यक्ष पिमा वलिले सानो स्रोत बाट ठुलो उपलब्धि प्राप्त गर्न बाख्रा उपहार कार्यक्रमले ठुलो सहयोग मिल्ने अपेक्षा लियको बताए ।
महिलाहरुलाइ सङ्गठित गर्न र स्रोतको परीचालन गर्दै आय स्तरमा वृद्धि गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।
स्रोतको वृद्धि गरी समृद्धि समाज निर्माण गर्न यस्ता कार्यक्रमरुले टेवा पुर्याउने उनको भनाइ छ।
बाख्रा उपहार कार्यक्रम शिब सक्ती समुहका अध्यक्ष गोमा आचार्यको अध्यक्षता,गाउँपालिका अध्यक्ष सम्भु गिरीको प्रमुख आथित्यता,गाउँपालिका उपाध्यक्ष पिमा वलि खडका प्रमुख प्रशासकीय अधिकृत निमराज भट्टराई र वडा न ५ का वडा अध्यक्ष निरज बस्नेतको बिशिस्ट आथित्यतामा बाख्रा उपहार कार्यक्रम सम्पन्न भएको हो ।
शिबशक्ती समुहका सदस्य छबि कुमारी केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण समुहका सचिब नमुना लामिछानेले गरेका थिए ।