२०८३ मङ्सिर ११ गते बिहिवार

कलाकार सानू ताम्राकारको उपचारको क्रममा निधन


काठमाडौं,भदौ ९ । कलाकार सानु ताम्राकारको निधन भएको छ।

किड्नीमा समस्या देखिएपछि उनी करिब एक महिनादेखि नर्भिक अस्पतालमा उपचाररत् थिए।

शनिबार नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ।

‘उहाँको आज दिउँसो ३: १५ तिर निधन भएको हो’, अस्पताल स्रोतले भन्यो,‘परिवारले शव बुझिसक्नु भएको छ।’

उनी दिवंगत अभिनेता सारूक ताम्राकारका बुवा हुन्। गत असारमा सारूक काठमाडौंको रातोपुलस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए।

उनको भोलि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।

प्रकाशित मिति : २०८० भाद्र ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *