२०८२ माघ १० गते शनिवार

विद्युत प्राधिकरण ३९ औँ वर्षमा प्रवेश

काठमाडौँ,भदौँ १ । नेपाल विद्युत प्राधिकरण ३८ वर्ष पूरा गरी ३९ औँ वर्षमा प्रवेश गरेको छ। उक्त अवसरमा शुक्रबार काठमाडौंमा विशेष समारोह आयोजना गरेर वर्षिकोत्सव कार्यक्रम गरिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित रहेको कार्यक्रममा प्राधकिरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सम्बोधन गरेका छन्।

उनले प्रधानमन्त्रीको निर्देशनअनुसार नै प्राधिकरणले सफलता हासिल गरेको बताए।

उनले भने, ‘७ वर्ष अघिसम्म वर्षात्को समयमा पनि लोडसेडिङ हुने गरेको थियो। त्यस समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचणडकै अगुवाइमा लोडसेडिङ अन्त्यतिर देश गएको थियो। अहिलेसम्म लोडसेडिङको समस्या छैन।’

२०७२र७३ सम्म आइपुग्दा घाटा रहेको प्राधिकरण निरन्तर नाफामा छ। कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार प्राधिकरणको नाफा आर्थिक वर्ष २०७७र७८ मा ६ अर्ब १० करोड रुपैयाँ थियो।

आ.व.२०७८/७९ मा खुद नाफा फेरि बढेर १३ अर्ब ३७ करोड रुपैयाँ पुगेको थियो। आर्थिक वर्ष २०७९/८० को अपरिस्कृत वित्तीय विवरणअनुसार प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ छ।

विद्युत् बिक्री र अन्यबाट गर्ने आम्दानी दुई वर्ष अघि करिब ८१ अर्ब रुपैयाँ रहेकोमा अहिले बढेर करिब १ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ। प्राधिकरणको संचित नाफा ११ अर्बबाट बढेर ३६ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ।

प्रकाशित मिति : २०८० भाद्र १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *