२०८२ माघ ३ गते शनिवार

सिटिजन्स बैंकका ६ कर्मचारी पक्राउ

काठमाडौँ,साउन २९ । सिटिजन्स बैंकका ६ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। सोमबार प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्रको छानबिनका लागि उनीहरूलाई पक्राउ गरेको हो।

काठमाडौं प्रहरी परिसर प्रवक्ता एसपी कुमोद ढुंगेलले बैंकका विभिन्न शाखामा कार्यरत ६ जनालाई पक्राउ गरिएको जानकारी दिए।

मनिष मास्के र खिमान्द गौतम (बुटवल), गोमा ज्ञवाली (मनिग्राम शाखा), कल्पना खत्री र प्रतिक्षा रेग्मी (कालीकानगर शाखा) र दिपक विष्ट (सिटिजन्स बैंक, मुद्दा शाखा) लाई पक्राउ गरिएको हो।

नक्कली शैक्षिक प्रमाणपत्रको बारेमा प्रहरीले अपरेसन चलाइरहेको छ।

प्रकाशित मिति : २०८० साउन २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *