२०८१ असोज २४ गते बिहिवार

स्वास्थ्य स्यमसेविकासंग छलफल

दाङ,साउन १९ । नेपाल रेडक्रस सोसाइटी घोराही उपशाखाले घोराहीमा डेंगु रोग नियन्त्रण तथा रोकथाम अभियान अन्तर्गत आज महिला स्वास्थ्य स्यमसेविका संग छलफल गरेको छ ।

कार्यक्रममा डेंगु रोग नियन्त्रण तथा यसवाट बच्ने उपायका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका वडा नं. १४ र १५ मा कार्यरत महिला स्वास्थ्य स्यमसेविकाहरुको उपस्थिति रहेको थियो ।

घोराही उपमहानगरपालिकाका स्वास्थ्य प्रर्वद्धन शाखाका प्रमुख नारायण घर्ती र वरिष्ठ अस्पताल नर्सिङ निरिक्षक राधा पौडेलले डेंगुरोग नियन्त्रण तथा यसवाट वच्ने उपाएका वारेमा प्रशिण दिएका थिए ।

अभियानको पहिलो चरणमा उपशाखाले घोराहीमा उपशाखाका कार्यसमिति तथा उपसमितिका सदस्यहरु तथा अटो भिलेजमा कार्यरत व्यवसायीसंग डेंगु रोग नियन्त्रण तथा यसको रोगथाम सम्वन्धी सचेतना कार्यक्रम गरेको थियो ।

साथै रेडक्रश घोराही उपशाखाले दोश्रो चरणमा डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि गत बर्ष डेंगु प्रभावित क्षेत्र अटो भिलेजका व्यवसायी, व्यवसायमा संलग्न कार्यरत कामदारहरूलाई लक्षित गर्दै “खोज र नष्ट गर” अभियान कार्यक्रम गरिसकेको छ ।

सचेतना कार्यक्रम उपशाखाका सभापति थम्मन चौधरीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका स्वास्थ्य प्रबद्र्धन शाखाका प्रमुख नारायण घर्तिको प्रमुख आथित्यता सम्पन्न भएको थियो ।

उपशाखाले अगामी दिनमा “खोज र नष्ट गर” अभियान, जुनियर रेडक्रस सर्कलका सदस्यहरुलाइ डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि एक दिने सचेतना कार्यक्रम गरिने उपशाखा सभापति थम्मन चौधरीले जानकारी दिए ।

उपशाखा उपसभापति सावित्रा रानाको स्वागत मन्तब्यबाट शुरू भएको कार्यक्रम सचिव इन्द्र बुढाथोकीले सहजीकरण गरेका थिए ।

प्रकाशित मिति : २०८० साउन १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *