२०८२ पुष ३० गते बुधवार

सुन तस्करीमा संलग्न आशंकामा थप एकजना पक्राउ

काठमाडौं ,साउन १४ । सुन तस्करीमा संलग्न आशंकामा राजस्व अनुसन्धान विभागले सामाखुसीबाट थप एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दावा छिरिङ छन् । सशस्त्र प्रहरी बलको सहयोगमा उनलाई पक्राउ गरिएको राजस्व अनुसन्धान विभागका एकजना अधिकृतले बताए ।

हङकङबाट ‘रेडी ट्रेड प्रालि’ ले मगाएको करिब १ सय किलो सुन साउन ३ मा राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको गेट बाहिरबाट बरामद गरेरको थियो ।

सुन तस्करीमा संलग्न आशंकामा छिरिङसहित पक्राउ पर्नेहरुको संख्या १८ पुगेको छ । ‘रेडी ट्रेड प्रालि’ले मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’ मा लुकाएर सुन काठमाडौँ ल्याएको थियो ।

प्रकाशित मिति : २०८० साउन १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *