२०८१ जेष्ठ ५ गते शनिवार

रुखबाट लडेर एक किशोरी घाइते


तुलसीपुर,साउन ९ । दाङमा रुखबाट लडेर एक किशोरी घाइते भएकी छिन् ।

सोमबार बेलुका पौने ७ बजेको समयमा बकाईनोको रुखमा चढेर घाँस काट्ने क्रममा लडेर शान्तिनगर गाउँपालिका वडा नं. १ बढियाका भुपाल वलीको छोरी १८ वर्षीया पार्वती वली घाइते भएकी हुन् ।

वलीकोे दाहिने खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक नवराज केसीले जानकारी दिए ।

उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार पछि थप उपचारको लागि नेपालगन्ज रेफर गरिएको छ ।

प्रकाशित मिति : २०८० साउन ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *