२०८२ माघ १० गते शनिवार

हवाइ भाडा घट्यो

काठमाडौँ ,असार १९ । सोमबार राति पेट्रोलिय पदार्थको मूल्य घटेसँगै हवाइ भाडा पनि घटेको छ।

बुधबार ९भोलि०देखि लागू हुने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा हेरफेर गरेको हो।

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँ घटाउने सूचना सार्वजनिक गरेको थियो। प्राधिकरणका अनुसार न्यूनतम ६० देखि अधिकतम ७५० रुपैयाँसम्म हवाई भाडा घटेको छ।

जसअनुसार काठमाडौं–भद्रपुर भाडा ४२० रूपैयाँले घटेको छ। त्यसैगरी, काठमाडौं–भैरहवाको भाडादर हालको भन्दा २८५ रूपैयाँले घटेको छ।

काठमाडौंंबाट तुम्लिङटार २६०, सिमराका लागि १२५, माउन्टेन फ्लाइट ४८५, भद्रपुर ४२०, विराटनगर ३३५, जनकपुर १८०, भरतपुर १५०, पोखरा २२५, भैरहवा २८५, नेपालगञ्ज ४५५ रुपैयाँले भाडा घटेको हो।

प्रकाशित मिति : २०८० असार १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *