तुलसीपुर,असार १६ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवा स्थित शिव पशुपति टोल बिकास संस्थाले वृक्षारोपन कार्यक्रम गरेको छ ।
२० औ राष्ट्रिय धान दिवसको अवसर पारी नया निर्माण गरिएको सडक किनारमा बिभिनन्न प्रजातीका बिरुवाहरू रोपीएको हो ।
सस्थाका अध्यक्ष जम वहादुर मल्लको अध्यक्षता तथा वडा नं. ९ का वडा सदस्य गोपाल भण्डारीको प्रमुख आथित्यामा भएको उक्त कार्यक्रममा वडा सदस्य भण्डारीले बृक्षारोपनको शुभारम्भ गरेका हुन
।
तारवार सहित गरिएको बृक्षारोपनमा धुपी,कपुर,निम,तेजपत्ता लगायतका बिरुवाहरू रोपिएको छ ।
वृक्षारोपन कार्यक्रमा टोल बिकास संस्थाका पदाधिकारी, समाजशेवी,राजनितीक दलका प्रतिनिधि,उपभोक्ताहरू लगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति : २०८० असार १६ गते शनिवार