२०८१ माघ २६ गते शनिवार

यज्ञबहादुर केसी बने लायन्स क्लब अफ दाङको अध्यक्ष

शरद रेग्मी,
दाङ,चैत २८ । लायन्स क्लब अफ दाङको अध्यक्षमा यज्ञबहादुर केसीलाई चयन गरिएको छ । उनी सर्वसहमतिवाट अध्यक्ष बनाइएका हुन । बिहिबार तुलसिपुरमा भएको भेलाले केसीको नेतृत्वमा नयाँ नेतृत्व चयन गरेको हो । लायन बर्ष सन २०१९÷२० का लागि नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा डम्बरबहादुर डाँगी ,द्वितिय उपाध्यक्षमा सुरेश हमाल र तृतिय उपाध्यक्षमा पूर्व सचिव गणेश अधिकारी चयन भएका छन् ।

भेलाले क्लवको सचिवमा भागबत घिमिरे,कोषाध्यक्षमा लोकबहादुर बिष्ट र सहसचिवमा द्रोण देबकोटालाई चयन गरेको छ । उमेश चन्द्र मजगैंयाको अध्यक्षतामा भएको कार्यक्रममा डिष्ट्रकका जोन चेयरपर्सन ललित जंग शाहले क्लबमा प्रबेश गरेका नयाँ सदस्यलाई पिन लगाइ दिएर स्वागत गरेका थिए ।

कार्यक्रममा राप्ती बबई क्याम्पसका क्याम्पस प्रमुख युवराज रावत, डाक्टर घनश्याम शर्मा, भोजराज न्यौपाने र सुमन डाँगीलाई लायन्स क्लब अफ दाङको सदस्यता प्रदान गरिएको छ । कार्यक्रममा पुर्व अध्यक्षहरु गणेश पार्धे, टेकनप्रसाद कँडेललगायतले लायन्स क्लबकले गर्दै आएको सेवाका बारेमा चर्चा गरेका थिए ।

प्रकाशित मिति : २०७५ चैत्र २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *