२०८३ असोज २८ गते बुधवार

अवैध जुत्तासहित ३ ट्रक नियन्त्रणमा

काठमाडौँ,बैशाख ३१ । प्रहरीले हेटौँडाबाट ६ करोड रुपैयाँभन्दा बढीको अवैध जुत्तासहित तीनवटा ट्रक नियन्त्रणमा लिएको छ।

मकवानपुरको हेटौँडा उपमहानगरपलिका १५ स्थित पूर्व–पश्चिम लोकमार्गबाट वैशाख २९ गते विशेष सूचनाको आधारमा एडिडास सुपरस्टार जुत्तासहितको तीनवटा ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।

अमेरिकी डलर ४ लाख ८८ हजार १ सय ७३ ९६ करोड ४२ लाख २९ हजार ४ नेपाली रुपैयाँ० मूल्य लेखिएको प्रज्ञापनपत्रसहित ना ३ ख ७४५०, ना ३ ख ७६५८ र ना ३ ख ७७५० नम्बरको तीन वटा ट्रकमा लोड भएको ट्रक नियन्त्रणमा लिइएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।

उनका अनुसार एडिडास सुपरस्टार जुत्ताको विल विजक शंकास्पद रहेको भन्ने विशेष सुचनाको आधारमा नम्बर १४ नम्बरण गण मकवानपुरले ट्रक नियन्त्रणमा लिएको हो।

जुत्ता र तीनवटै ट्रक आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइएको छ।

प्रकाशित मिति : २०८० बैशाख ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *