काठमाडौँ ,बैशाख २९ । नेपाल प्रेस काउन्सिलले थप कर्मचारी माग गरेको छ।
काउन्सिलमा अधिकृत प्रशासन(छैठौँ)सहित १२ जना कर्मचारी माग भएको हो।
आगामी २०८० जेठ १८ सम्म आवश्यक योग्यता पुगेका उम्मेदवारले निवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेमा जेठ २५ सम्म निवेदन दिन सक्ने काउन्सिलले जनाएको छ।
जसअनुसार अधिकृत (प्रशासन) छैठौँ खुल्ला र महिला गरी २ जना, अधिकृत (लेखा) महिला १ जना, सहायक स्तर (पाँचौँ) खुल्ला, २, महिला, १, आदिवासी जनजाति १ गरी तीन जना, सहायक स्तर चौँथो खुल्ला, २, महिला, १ र आदिवासी जनजाति १ गरी ४ जनाको माग गरिएको सूचनामा उल्लेख गरिएको छ ।
प्रकाशित मिति : २०८० बैशाख २९ गते शुक्रवार
