२०८३ भाद्र २७ गते शनिवार

श्रीमतीलाई जलाएर हत्या गर्ने प्रयास गरेको आरोपमा श्रीमान पक्राउ

जनकपुरधाम,बैशाख ९ । दाइजोका लागि धनुषामा श्रीमतीलाई आगो लगाएर हत्या गर्ने प्रयास गरेको घटनामा श्रीमान पक्राउ परेका छन्।

जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रुपैठाका राजीव झालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले घरेलु हिंसा मुद्दामा जाहेरी परेपछि प्रहरीले पीडितको श्रीमानलाई पक्राउ गरेको बताए।

नयाँ वर्षको दिन श्वेता झालाई श्रीमानसहित परिवारका अन्य सदस्यले दाइजोका लागि जलाएर हत्या गर्ने प्रयास गरेका थिए।

जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा अहिले श्वेताको उपचार भइरहेको छ।

विवाहको १० वर्ष बितिसक्दा पनि तीन तोला सुन अहिलेसम्म नदिएकाले विगतदेखि आफूलाई परिवारमा कुटपिट हुँदै आएको श्वेताको आरोप छ।

प्रकाशित मिति : २०८० बैशाख ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *