तुलसीपुर , चैत १०। नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज तुलसीपुर अन्र्तगत रुकुम पुर्वमा आँखा उपचार केन्द्र स्थापना हुने भएकोछ । जिल्ला प्रशासन कार्यालय रुकुम पुर्वमा आइतवार भएको सर्वपछिय सर्वदलिय छलफल पछि प्राथमीक आँखा उपचार केन्द्रस्थापना गर्ने निर्णय भएको संघका सचिव सुरेन्द्रबहादुर खड्काले जानकारी दिए । प्रदेश नं. ५ र ६ का विभिन्न जिल्लामा आँखा उपचार सेवा पु¥याउदै आएको आँखा अस्पतालले रुकुम पुर्वमा पनि केही दिन भित्र सेवा दिने निर्णय भएको हो ।
प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माको अध्यक्षता, जिल्ला समन्वय समितिका प्रमुख गजेन्द्रबहादुर वली, नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य तथा दाङका सभापति कृष्णकुमार गिरीको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा सिस्ने गाउँपालिका वडा नंं ५ मा उपचार केन्द्र स्थापना गर्ने , जसका लागि तत्काल अर्को व्यवस्था नभए सम्मका लागि स्थानीय सरकारले उपचार केन्द्रको भौतिकका साथै वार्षिक दशलाख रुपैयाँ उपलव्ध गराउने निर्णयभएको बताएकोछ ।
वैठकमा बोल्दै प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले यस क्षेत्रका जनतालाई सहज सेवाका लागि उपचार केन्द्र स्थापनाका लागि आफुले पहल गरेको बताए । त्यसैगरी कार्यक्रममा सहभागीहरुले उपचार केन्द्र सञ्चालन गर्ने निर्णय स्वागत योग्य भएको बताएका थिए । यस क्षेत्रका राजनितिक दल, जनप्रतिनिधि , सरकारी कार्यालय, संघ संस्थाका पदाधिकारीहरु विच भएको छलफलमा जिल्ला समन्वय समितिका प्रमुख गजेन्द्रबहादुर वलीले आँखा उपचार केन्द्रका लागि भौतिकलगायतका सहयोग आफुहरुले गर्ने भन्दै जति सक्यो छिटो उपचार केन्द्र सञ्चालन गनुपर्ने बताए ।
कार्यक्रममा नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य तथा दाङका सभापति कृष्णकुमार गिरीले अन्धोपन निवारणका नेपाल नेत्रज्योति संघ अन्र्तगत सञ्चालन भएका अस्पताल र उपचार केन्द्रले महत्वपूर्ण भुमिका खेलेको भन्दै रुकुम पुर्वमा पनि केहि दिन भित्र आँखा उपचार केन्द्र स्थापना गरी सेवा दिने बताएका थिए । कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङका सचिव सुरेन्द्रबहादुर खड्का , सिस्ने गाउँपालिकाका उपाध्यक्ष गोवधन वुढा, नेकपाका नेता नन्दलाल शर्मा,नेपाली काँग्रेसका नेता पूर्णजंग मल्ललगायतले आफ्नो धारणा व्यक्तगरेका थिए । सो अवसरमा अस्पतालका बरिष्ठ प्रशासकिय अधिकृत सम्शेर थापाले हाल सम्म अस्पतालले दिएको सेवा, र भावि आँखा उपचार केन्द्रले दिने सेवाका वारेमा प्रकास पारेका थिए ।