२०८१ बैशाख १० गते सोमवार

भारतको झारखण्डमा आगलागी हुँदा १४ जनाको ज्यान गयो, १२ जना घाइते

काठमाण्डौ ,माघ १८ । भारतको झारखण्डमा भएको आगलागीमा १४ जनाको ज्यान गएको छ । १२ जना घाइते भएका छन् ।

झारखण्डको धनवादमा रहेको एक अपार्टमेन्टमा गएराती आगलागी भएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार आगलागीमा ज्यान गुमाउनेमा महिला र बच्चा रहेका छन् । उनीहरु विवाह समारोहमा सहभागी रहेको खबरमा उल्लेख छ ।

आगलागीको समयमा भवनमा कति मानिस थिए भनेर खुलेको छैन । सुरक्षाकर्मी र अग्नि नियन्त्रकले भवनमा फसेका केहिको उद्धार गरेका छन् ।

साथै आगो निभाएका छन् । आगलागीको कारण खुलेको छैन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाको दुःख व्यक्त गरी घाइतेको स्वास्थ्य लाभको कामना गरेका छन

प्रकाशित मिति : २०७९ माघ १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *