
सल्यान, चैत ३। आइतबारदेखि सल्यानको कपुरकोटमा ४५ दिने प्लम्विङ तालिम शुरु भएको छ । तालिमले ग्रामिण खाने पानी योजनामा फाइदा पुग्ने अपेक्षा गरिएको छ ।
कपुरकोट गाउँपालिका र घरेलु तथा साना उद्योग विकास समिति सल्यानको सहकार्यमा सञ्चालन गरिएको तालिमममा जिआई तथा एचडिपी पाइपको प्रयोग तथा जडान गर्ने तालिम प्रदान गरिने खानेपानी प्राविधिक तिलक चौलागाइले जानकारी दिएका छन् ।
तालिम उद्घाटन कार्यक्रममा कपुरकोट ३ का वडा अध्यक्ष मिनबहादुर सेन, कार्यपालिका सदस्य ठकबहादुर विक, स्टोर शाखा प्रमुख देवेन्द्रकुमार सेन, सूचना प्रविधि अधिकृत बुद्धिराज पौडेल, इन्जिनियर भुपेन्द्र यरी लगाएतले तालिमका उपलब्धिलाई ब्यवहारमा उतार्न आग्रह गरेका थिए ।
प्रकाशित मिति : २०७५ चैत्र ३ गते आइतवार