देवमनी गौतम,
दाङ, चैत ३ । राप्ती बहिरा संघ दाङको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका वडा नं.८ को सहयोगमा महिला तथा किशोरीहरुका लागि ३ महिने व्यूटिसियन तालिम सुरु भएको छ । राप्ती बहिरा संघ दाङका अध्यक्ष अजयकुमार शर्माको सभापतित्व र तुलसीपुर उपमहानगरपालिका वडा नं ८ का वडा अध्यक्ष बेदबहादुर केसीको प्रमुख अतिथ्यतामा शनिवार कार्यक्रम उद्घाटन भएको हो ।
संस्थाका निर्देशक प्रतिमा शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा वडा सदस्यहरु चित्रबहादुर डाँगी, पवित्रा काफ्ले, गौमती सार्की, सहायक प्रशिक्षक ललिता सापकोटाले मन्तव्य व्यक्त गरेका थिए । तलिममा प्रमुख प्रशिक्षक रञ्जु शाह र सहायक प्रशिक्षक ललिता सापकोटा रहेका छन् । महिलाहरुलाई आत्मनिर्भर गराउन तलिम सहयोगी हुने अध्यक्ष केसीले आशा व्यक्त गरे । तालिमा स्थानीय ७० जना महिलाहरुको सहभागिता रहेको छ । कार्यक्रमको सहजीकरण राप्ती बहिरा संघ दाङका कार्यक्रम संयोजक देवा डाँगीले गरेकी हुन ।