२०८३ असोज २८ गते बुधवार

सुनको भाउ लगातार बढेर तोलामा १ लाख ५ हजार नाघ्यो

काठमाण्डौ,माघ २ । सुनको भाउ लगातार बढेको छ । आज तोलामा दुई सय रुपैयाँले घाउ बढेर १ लाख ५ हजार २ सय रुपैयाँ पुगेको छ।

हिजो सुनको भाउ तोलामा १ लाख ५ हजार रुपैयाँ थियो । २०७८ साल फागुन २५ गते भाउ बढेर तोलामा १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको सुनको भाउ त्यसयता घटेको थियो । तर, केही दिनयता फेरि भाउ बढेको बढ्यै छ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि महँगो भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज १ हजार ४ सय रुपैयाँमा पुगेको छ।

प्रकाशित मिति : २०७९ माघ २ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *