पाल्पा ,पुस २५ । पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
जिल्लाको रम्भा गाउँपालिका– ३, पिपलडाँडा निकीचौर नजिकै ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्
पिपलडाँडाबाट हुँगीतर्फ जाँदै गरेको ट्याक्टर आइतबार राति भएको दुर्घटनामा परी रम्भा गाउँपालिका–१ बस्ने १७ वर्षीय विशाल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
प्रहरिका अनुसार लु ४ त ७९१६ नम्बरको ट्याक्टर दुर्घटनामा परी रम्भा गाउँपालिका –१ का १९ वर्षीय विवेश थापा, २४ वर्षीय दिलबहादुर घर्ती, १६ वर्षीय युवराज घर्ती, १८ वर्षीय पूर्णबहादुर बोटे घाइते भएका छन्।
घाइतेको मिसन अस्पतालमा उपचार भइरहेको छ। फरार रहेका ट्याक्टर चालक खोजी र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०७९ पुष २५ गते सोमवार
