२०८२ माघ २८ गते बुधवार

चिसोका कारण धनुषामा एक जनाको ज्यान गयो

धनुषा,पुस २१ । चिसोका कारण धनुषामा एक जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार धनुषाको जनक नन्दिनी गाउँपालिका वडा नं। १ का मनोज यादवको चिसोका कारण ज्यान गएको हो । चिसो बढ्दै गएपछि धनुषासहित तराईका जिल्लाको जनजीवन प्रभावित हुन थालेको छ ।

जाडोका कारण धेरैजसो विद्यालयमा बिदा दिइएको छ भने बजारमा चहलपहल घटेको छ । चिसोमा कारण भाइरल सङ्क्रमण ज्वरो, निमोनिया, रुघाखोकीका बिरामी पनि बढ्न थालेका छन् । तराईका जिल्लामा दिनभरजसो घाम लाग्दैन । चिसो देशैभर बढेको भए पनि बढी असर तराईका जिल्लामा परेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जाडोबाट मानवीय क्षति नहोस् भन्नका लागि स्थानीय पालिकाले काम गरिरहेको बताए पनि त्यो प्रभावकारी देखिएको छैन । प्राधिकरणका प्रवक्ता डाक्टर डिजन भट्टराईले शीतलहर र चिसोबाट जोगाउन पालिकाहरुसँग समन्वय भइरहेको बताए । तराईका विभिन्न जिल्लामा शीतलहर चलेको छ ।

प्रकाशित मिति : २०७९ पुष २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *