२०७७ मङ्सिर १७ गते बुधवार

कपुरकोटमा निशुल्क हाउस वाइरिङ तालिम सुरु

शंकर केसी,
सल्यान, फागुन ३० । सल्यान कपुरकोट ३ टेकनडाँडाका नरेश भण्डारी २ वर्ष साउदी बसेर फर्किए । कुनै पि नसिकेर विदेश गएका उनले निकै दुख भोग्नु प¥यो । सिप नभएको मान्छेले जहाँ गएपनि दुःख र समस्या झेल्नुपर्छ भन्ने कुरा बुझेका नरेश कुनैपनि सिप सिक्ने सोँचमा थिए ।

घरेलु तथा साना उद्योग विकास समिति सल्यान र कपुरकोट गाउँपालिकाको सहकार्यमा कपुरकोटमा निःशुल्क हाउस वायरिङ तालिम सञ्चालन हुन थालेपछि उनी खुसीले दंग भए ।

विहीवार तालिम उद्घाटनमा नरेशले हाउस वायरिङ तालिम सिकेर गाउँमै केहि गर्ने उदेश्य रहेको सुनाएका थिए । सिप नहुँदा आफुले देश तथा विदेशमा खेप्नु परेको दुःखको बेलिविस्तार लगाए । कपुरकोट ५ रिमकी गिता वोहोरापनि स्थानीय तहबाट युवाका लागि निर्धारण गरिएको सिपमुलक तालिममा सहभागी हुन पाउँदा खुसी छन ।

दुइ महिने हाउस वायरिङ तालिम उद्घाटन कार्यक्रममा कपुरकोट ३ का वडाध्यक्ष मिनबहादुर सेनले सिपले कुनैपनि मानिसको जीवनमा सहजता ल्याइदिने बताए । प्रमुख प्रशासकीय धिकृत सुवाश रिजालले सिप सिकेको जनशक्ति जहाँपनि टिक्ने तथा विक्ने तर्क गरे । तालिममा १२ जना सहभागी छन् । यहाँ आइतबारदेखि प्लम्बर तालिमपनि सुरु हुँदै छ ।

गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले बेरोजगार युवालाइ रोजगार बनाउने उद्देश्यका साथ तालिम आयोजना गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २०७५ फाल्गुन ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *