शिवु खनाल,
देउखुरी, फागुन २८ । दाङको लमही नगरपालिका वडा नम्बर १ शितलापुर गाउँमा यातायातको सेवा पुग्दा स्थानिय गाउँलेहरु खुसिले हर्षित भएको छन् । पूर्वपश्चिम राजमार्ग देखि उत्तर तर्फ सुन्डबरी चोक देखि करिब नौ किलोमिटरको बाटो हिडेर बशन्तपुर पुग्न तिन घण्टा समय खर्चिनु पर्ने बाध्यता थियो, त्यो बाध्यता अहिले हट्यो । स्थानियहरु पैदल हिड्ने बाध्य हटेपछि निकै उत्साहित देखिन्छन् ।
पहिला विरामी फर्दा घारामा, डोको, नाम्लोमा विरामी बोकेर अस्पताल पु¥याउनु पर्ने बाध्यता थियो । अहिले सकड निर्माण भइ यातायात सञ्चालन भएदेखि एम्बुलेन्स आउने आउने भयो । भन्दा ठूलो समस्याबाट पार भयौँ, स्थानिय चुरामन घर्ती मगरले भने ।
बाटो नहुदा पहिला विरामीलाई अस्पताल पु¥याउदा पु¥याउदै विरामीको ज्यानै जाने जोखिम नै थियो । आज यो समस्या हल भयो, खुसि लाग्यो । जनप्रतिनिधि आए देखि बशन्तापुर गाउँको मुहारनै परिवर्तन भएको छ । जनप्रतिनिधि हुनुमा र नहुनुमा धेरै फरक रहेछ ।
लमहीदेखि शीतलापुर सडकखण्डमा राप्ती टेम्पो, ट्याक्सी तथा मिनी बस व्यवसाय समिति लमहीले यातायात सेवा सञ्चालन गरेको छ । पहिलो पटक यातायातका सवारीहरु दुर्गम गाउँ के पुग्थ्यो, शितलापुर स्थानीयवासीहरुमा नयाँ आशा र गाउँनै परिवर्तन भएको गौरी केसीले भने ।
दाङको लमही नगरपालिका वडा नम्बर १ मा पर्ने शितलापुर, बहन्तपुर सा.वि.क (बौराह) रुने लगायतका अन्य पहाडी तथा दुर्गम क्षेत्रका स्थानियहरुले अहिलेसम्म यातायात सेवा लिनबाट बञ्चित रहेको लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले बताए । लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीको पहलमा उक्त सुनडबरी बशन्तपुर जोडुने बाटोको मर्मत कार्य सम्पन्न भएपछि यातायात सेवा सुचारु गरिएको हो ।