२०८१ जेष्ठ १७ गते बिहिवार

चितवन राष्ट्रिय निकुञ्जभित्र पाँच महिनामा मरे ५४ वन्यजन्तु

चितवन ,पुस १ । चितवन राष्ट्रिय निकुञ्जभित्र पाँच महिनामा ५४ वन्यजन्तु मरेका छन्। गत साउनयता ती वन्यजन्तु मरेका हुन्।

तीमध्ये २७ प्राकृतिक कारण र २१ कुकुरको आक्रमणबाट मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।

उनका अनुसार जुधेर, सडक दुर्घटनामा परेर, विद्युत् करेन्ट लागेर, दलदलमा परेर, अन्य कारणले दुई जनावर मरेका छन्। मर्नेमा सबैभन्दा धेरै चित्तल रहेका छन्। पाँच महिनाको अवधिमा ३२ चित्तल मरेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ।

तीमध्ये प्राकृतिक कारणले १०, कुकुरको आक्रमणमा परी २०, दलदलमा परेर र सडक दुर्घटनामा परी एक÷एक क्षेत्रभित्र पाँच गैँडा मरेका छन्। तीन प्राकृतिक कारणले मरेका छन् भने जुधेर र करेन्ट लागेर एकरएक गैँडा मरेको उनले बताए। घडीयाल गोही र गौरीगाई तीनरतीन प्राकृतिक कारणले मरेका छन्।

हात्ती, जरायो, बँदेल, कछुवा दुईरदुई पाँच महिनाका अवधिमा मरेको निकुञ्जले जनाएको छ । चितुवा, लगुना र धनेस एकरएक वटा मरेको छन्।

यस आर्थिक वर्षमा चोरी सिकारीले वन्यजन्तु मार्न पाएका छैनन्। निकुञ्जको सुरक्षा योजनासँगै समुदायमा आएको सचेतनाका कारण जनावर चोरी सिकारीले मार्न नसकेको उनले बताए।

प्रकाशित मिति : २०७९ पुष १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *