२०८० चैत्र १६ गते शुक्रवार

रेविज रोग नियन्त्रण एवम् कुकुर वन्ध्याकरण शिविर लमहीमा सुरु

शिवु खनाल,
देउखुरी, फाल्गुन २८ । लमहीमा सडक तथा सामुदायिक कुकुरहरुको रेविज रोग नियन्त्रण एवम् वन्ध्याकरण तिनदिने शिविर सञ्चालन भएको छ । लमही नगरपालिका पशु सेवा उप–शाखा कार्यालय लमहीको आयोजना तथा हिमालयन एनिमल रेस्क्यु ट्रस्टको प्राविधिक सहयोगमा तिनदिने सडक तथा सामुदायिक कुकुर वन्ध्याकरण शिविर सञ्चालन भएको हो ।

लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले सडक तथा सामुदायिक कुकुरहरुको रेविज रोग नियन्त्रण एवम् वन्ध्याकरण तिनदिने शिविरको उद्घाटन गरे । लमही नगरपालिका नगर प्रमुख केसीले उद्घाटन गर्दै नगर क्षेत्रको वातावरण शान्तिमय बनाउन, कोलाहल कम गराउन, दुर्घटना हुन् नदिन, सडक तथा सामुदायिक कुकुरहरुको रेविज रोग नियन्त्रण एवम् वन्ध्याकरण तिनदिने शिविरले सहयोग पुग्ने बताए।

यो बर्षदेखि लमही नगरपालिकाले पनि सडक तथा सामुदायिक कुकुरहरुको रेविज रोग नियन्त्रण एवम् वन्ध्याकरण कार्यक्रमलाई निरन्तरता दिने नगर प्रमुख केसीले बताए । चालु आर्थिक बर्षमा सडक तथा सामुदायिक कुकुर वन्ध्याकरण गर्नका लागि बजेट बिनियोजन गरेको र उक्त बजेटबाट सो कार्यक्रम गरिएको लमही नगरपालिका पशु सेवा उप–शाखा कार्यालय लमहीका निमित्त प्रमुख शिबराज न्यौपानेले जानकारी दिए । नेपालमा ९० प्रतिशत रेविज रोग कुकुरबाट लाग्ने गर्छ, सडक तथा सामुदायिक कुकुरहरुको रेविज रोग नियन्त्रण एवम् वन्ध्याकरण बाट सबै नगरवासि सुरक्षित हुने, रेविज रोगबाट बच्ने, र सामाजिक फाईदाहरु हुने न्यौपानेले बताए ।

उक्त शिबिर तिनदिन सम्म चल्ने छ । उद्घाटन कार्यक्रममा लमही नगरपालिका उप–प्रमुख देबका बेल्वासे, लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष तथा लमही नगरपालिका प्रवक्ता बिमबहादुर केसी, पत्रकार दशरथ घिमिरे, प्रियास्मृती गजमेर, लमही नगरपालिका प्रेस संयोजक शिबु खनाल, लिला शाह लगायतको उपस्थित रहेको थियो ।

प्रकाशित मिति : २०७५ फाल्गुन २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *