शिवु खनाल,
देउखुरी, फागुन २६। लमही नगरपालिकाले व्यवसायिक पशु पालन कृषकहरुलाई वर्षेघाँस टि.ओ.सेन्टी वितरण गरेको छ । लमही नगरपालिका पशु सेवा उप–शाखाको वार्षिक कार्यक्रम अन्र्तगतर लमही नगरपालिका क्षेत्रभित्र रहेका वडा नम्बर एक देखि नौ नम्बर वडा का सम्पूर्ण व्यवसायिक रुपमा गाई भैँसि पालन गर्ने एक्क्तिस जना कृषकहरुलाई साढे चार कुन्टल वर्षेघाँस टि.ओ.सेन्टी पँचास प्रतिशत अनुदानमा आईतवार वितरण गरेको हो । लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसी, लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष तथा लमही नगरपालिकाका प्रवक्त बिमबहादुर केसीले संयुक्त रुपमा कृषकहरुलाई वर्षेघाँस टि.ओ.सेन्टी वितरण गरेका हुन् ।
लमही नगरपालिका क्षेत्रभित्र रहेका व्यवसायिक रुपमा पशुपालन कृषकहरुले वर्षेघाँस टि.ओ.सेन्टी पँचास प्रतिशत अनुदानमा पाउँदा खुसि व्यक्त गरेका छन् । लमही नगरपालिकाले सिजन अनुसार हामी कृषकहरुको हित हुने काम ग¥यो, लमही नगरपालिका वडा नम्बर ६ निवासी कृषक निमबहादुर केसीले भने । केसीले यो भन्दा पहिले पनि लमही नगरपालिका पशु सेवा उप–शाखा कार्यालयबाट अनुदान मार्फत वर्षेघाँस टि.ओ.सेन्टी लगेको बताए । अहिले दश किलो पाए, खुसि छु ।
वर्षेघाँस टि.ओ.सेन्टी छरेको कृषकहरुले पँचास दिनमा घाँस काट्न सक्छन्, सुख्खा समयमा व्यवसायिक रुपमा गर्ने पशुपालन कृषकहरुको उत्पादन नघटोस, उत्पादन अझै वृद्धि होस् भन्ने उद्देश्यले लमही नगरपालिकाले यो कार्यक्रम कृषकहरुको लागि ल्याएको र वर्षेघाँस टि.ओ.सेन्टी वितरण नगर प्रमुख कुलबहादुर केसीले बताए ।
यस्तै लमही नगरपालिका पशु सेवा उप–शाखा अधिकृत शिवराज न्यौपानेले वर्षेघाँस टि.ओ.सेन्टी एक पटक छरेपछि कृषकहरुले राम्रो संग स्याहार गरे भने छ देखि सात पटक सम्म व्यवसायिक पशु पालन कृषकहरुले वर्षेघाँस टि.ओ.सेन्टी काट्न सकिने बताए । यस्तै लमही नगरपालिका वडा नम्बर ३ कौडिया किसान दुग्ध उत्पादन सहकारी संस्था भित्र व्यवसायिक रुपमा गाई भैँसि पानल गर्ने एक सय कृषकहरु लाई १ सय पचाँस किलो वर्षेघाँस टि.ओ.सेन्टी वितरण गरेको जानकारी दिए ।