२०८१ बैशाख १० गते सोमवार

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

धनगढी, मंसिर २१ । कञ्चनपुरमा हात्तीले आक्रमण गर्दा एक जना महिलाको मृत्यु भएको छ।

दाउरा खोज्न जंगल पुगेकी बेदकोट नगरपालिका–१ हात्तीथलाकी ७१ वर्षीया हीरादेवी धानुकलाई हात्तीले आक्रमण गरेको हो।

हात्तीको आक्रमणबाट धानुकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी भरत गिरीले जानकारी दिए।

बैजनाथ मध्यवर्ती सामुदायिक वनमा धानुक दाउरा खोज्न पुगेकी थिइन्। उनी साँझसम्म पनि घर नफर्केपछि खोजी गर्दा शव फेला परेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०७९ मङ्सिर २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *