२०८१ असोज ४ गते शुक्रवार

बबई गाउँपालिकाको गुरु योजना तयार

बालकृष्ण पाण्डे,
हापुरे, फाल्गुन २२ । दाङको बबई गाउँपालिकाले गाउँपालिकाको समग्र विकासका लागि बृहत गुरु योजना निर्माण सम्बन्धी अन्तरक्रिया कार्यक्रम बुधवार यहाँ भएको छ । हापुरेमा त्यो कार्यक्रम भएको हो । १५ बर्षे गुरु योजना निर्माण गर्ने कामलाई ईन्टेन्सिभ स्टडी एण्ड रिसर्च सेन्टरले जिम्मा लिएको छ ।

गुरुयोजना निर्माणका लागि विभिन्न चरणमा छलफल एवं स्थलगत अवलोकनको काम गरेको संस्थाका अर्थशाश्त्री हुमलाल भण्डारीले बताए । रिसर्च सेन्टरले तयार पारेको प्रतिवदेन कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

गाउँपालिका अध्यक्ष भुबनेश्वर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा रिसर्च सेन्टरले निर्माण गरेको बृहत गुरुयोजना पेश गरिएको थियो । जसमा सडक, आवास, खानेपानी,यातायातका लागि आवश्यक रुट,सिंचाइ,उर्जा,संचार,शिक्षा,स्वास्थ्य, सामाजिक सुरक्षा लगायत गाउँपालिकाको वस्तुस्थिति तथ्याङ्क विश्लेषण, प्रतिवेदन प्रस्तुत गरिएको हो ।

प्रकाशित मिति : २०७५ फाल्गुन २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *