२०८० चैत्र १६ गते शुक्रवार

डिप्लोमा तहमा मावि सेन्टर नेपालकै उत्कृष्ट

तुलसीपुर,कात्तिक २० । दाङको तुलसीपुरमा रहेको माध्यमिक विद्यालय तुलसीपुर सेन्टर सूचना प्रविधि डिप्लोमा तहमा नेपालकै उत्कृष्ट भएको छ ।

सीटीईभीटी अन्तर्गत सञ्चालित सूचना प्रविधि डिप्लोमा तहको छैटौँ सेमेस्टरको परीक्षामा नेपालमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले जानकारी दिए ।

कम्प्युटर र सूचना प्रविधि अन्तर्गत देशभरका ३३ वटा विद्यालयसँगको प्रतिस्पर्धामा मावि सेन्टर नेपालकै उत्कृष्ट भएको हो ।

विद्यालयमा अध्ययनरत २२ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा शतप्रतिशत उत्तीर्ण भएका छन् । यससँगै २०७५ सालमा भर्ना भएका सबै विद्यार्थीहरू डिप्लोमा तह उत्तीर्ण भएका छन् ।

मावि सेन्टरले आईटी डिप्लोमा विषयमा स्थापनाकालदेखि नै नेपालमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।

प्राविधिक धारको हवको रूपमा रहेको मावि सेन्टरमा सर्वे इन्जिनियरिङमा डिप्लोमा, आईटी इन्जिनियरिङमा डिप्लोमा, इलेक्ट्रिक इन्जिनियरिङमा कक्षा ९ देखि १२ तथा आईटी र इलेक्ट्रिकल विषयमा २४ महिने निःशुल्क औद्योगिक प्रशिक्षण तालिम सञ्चालन भइरहेको प्रधानाध्यापक पौडेलले बताए ।

प्रकाशित मिति : २०७९ कार्तिक २० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *