Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


हात्तिपाईले रोगविरुद्धको अभियान


शरीरमा दुर्वलता ल्याई मानिसलाई अशक्त बनाउनु नै रोग हो । रोग एक मानसिक र शारीरिक दुर्वलताको अवस्था हो । यसरी मानिसलाई रुग्नताको अवस्थामा पु¥याउने विभिन्न प्रकारका रोगहरु हुने गर्दछन् । जुन सर्ने र नसर्ने गरी रोग दुई प्रकारका हुने गर्दछन् । यसरी एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने विभिन्न प्रकारका रोगहरुमध्येको एक हो हात्तिपाईले रोग ।

हात्तीको जस्तो खुट्टा हुने भएकोले हामी सामान्यरुपमा यसलाई हात्तिपाईले रोग भनेर चिन्दछौँ तर यसलाई मेडिकलको भाषामा फाईलेरियासिस भनेर चिन्ने गरिन्छ । नेपालको इतिहास जति पुरानो छ । यस रोगको इतिहास पनि त्यत्तिनै पुरानो छ । विभिन्न माध्यमहरुमा उल्लेख भए अनुसार यो रोग चार हजार बर्ष पुरानो रोग हो ।

यो रोग पहिले खासै समस्याको रुपमा रहेको थिएन । जब नेपालको जनघनत्व बढ्दै गयो तब पहिले पहाडमा बसोबास गर्ने मानिसहरु विस्तारै सुविधाको हिसाबले होस् वा अन्य कुनै कारणले होस् तराईतिर बस्न थाले जहाँ लामखुट्टे वा मच्छरहरु पाईने गर्दछन् । यसरी लामखुट्टे धेरै पाइने ठाउँमा मानिसहरुको जनघनत्व बढ्न थालेपछि विभिन्न प्रकारका लामखुट्टेबाट सर्ने रोगहरुको प्रकोप बढ्न थाल्यो परिणाम स्वरुप हात्तिपाईले वा फाइलेरियाको प्रकोप पनि बढ्न थाल्यो । हाल आएर यो रोग नेपालका ६१ वटा जिल्लाहरुमा प्रकोपको रुपमा रहेको छ ।

फाइलेरिया जुकाबाट लाग्ने एक सरुवा रोग हो । हात्तिपाईले रोग एक प्रकारको NEMATODA प्रजातिको जुकाले गर्दा लाग्ने गर्दछ । यी जुकाहरु तीन प्रकारका हुने गर्दछन् । ति हुन्ः Wucheria bancrofti , Brugia malai र Brugia timori. यी तीन प्रकारका जुकाहरुमध्ये ९०% फाइलेरिया Wucheria bancrofti ले गर्दा हुन्छ भने ५ प्रतिशत Brugai malai र ५ प्रतिशत Brugia timori ले गर्दा हुने गर्दछ तर नेपालमा पाईने हात्तिपाईले वा फाइलेरिया रोग सतप्रतिशत Wucheria bancrofti ले गर्दा हुने गर्दछ । यस रोगलाई रोगी ब्यक्तिबाट निरोगी ब्यक्तिमा Culex प्रजातिको लामखुट्टेले सार्ने गर्दछ । जुन लामखुट्टे कृतिम रुपमा जम्मा भएको फोहोर पानिमा पाईने गर्दछ ।

रोगको सुरुवाती अवस्थामै वा रोगका लक्षण देखिनु पूर्व नै यस रोगविरुद्धको औषधि सेवन गरेको खण्डमा हामी यस रोगबाट सुरक्षित हुनसक्छौँ । तर रोगको लक्षण देखिएपश्चात् यस रोगको पूर्ण उपचार भने सम्भव छैन । तर नियमित औषधि सेवनले भने यस रोगबाट हुनसक्ने जटिलताहरुलाई भने कम गर्ने काम गर्दछ ।


हात्तिपाईले वा फाइलेरिया रोगका लक्षणहरु
फाइलेरिया वा हात्तिपाईले रोग धेरै मानिसहरुमा सुषुप्त अवस्थामा रहेको हुन्छ । जब फाइलेरियाको परजीवि मानिसको शरीरमा प्रवेश गर्दछ । त्यसपछि यस रोगको सुरुवाति अवस्थामा देखिने लक्षणहरु जस्तैः ज्वरो आउने, कम्पन छुट्ने, शरीर चिलाउने, सुख्खा खोकी हुने र दमजस्ता लक्षणहरु देखापर्ने गर्दछन् ।

यस रोगको परजीवि मानव शरीरमा रहेको लसिका प्रणाली (Lymphatic System) मा रहेर विभिन्न प्रकारका लक्षणहरु देखाउने गर्दछ । यस रोगको परजीविको संक्रमणपश्चात् लसिका ग्रन्थीसँग सम्बन्धित अंगहरु जस्तैः लसिका नली (Lymph Vessel), लसिका ग्रन्थी (Lymph Node), फियो (Spleen) आदिमा यसले असर पु¥याउने गर्दछ । जसको कारणले गर्दा छालामा मसिना रेसाहरु देखापर्ने जुन चिलाउने गर्दछन् र पछि ति रेसाहरु विस्तारै निला र काला हुन्छन् र पछि गएर हात खुट्टाहरु सुन्निएर हात्तिपाईलेको रुप लिने गर्दछन् ।

यसका लक्षणहरु बुँदागत रुपमा यसप्रकारका हुने गर्दछन्ः–
सुरुवाति अवस्थामा
१. ज्वरो आउने, कम्पन छुट्ने, शरीर चिलाउने, सुख्खा खोकी हुने र दम हुने,
२. शरीरमा गिर्खाहरु आउने,
३. अण्डकोषका नलीहरु सुन्निने,
४. महिला तथा प्रजनन् अंगहरु जस्तै स्तन, योनी आदि सुनिने,
५. पुरुषको अण्डकोषमा पानी जम्मा हुने (HYDROCELE) हुने,
६. अन्त्यमा हात्तिपाईले (ELEPHANTIASIS) हुने गर्दछ,
७. यस अवस्थामा पिसाव दूध, दहि जस्तो सेतो लेदो जस्तो हुने गर्दछ (CHYLE UREA) ।

रोगको पहिचान गर्ने तरिका
यस रोगको पहिचान निम्नप्रकारले गर्न सकिन्छः–
१. हात्तिपाईले रोगको लक्षणको आधारमा जस्तै कसैको खुट्टा सुनिएको छ भने हेरेर नै थाहा पाउन सकिन्छ ।
२. रगत जाँच गरेर तर रगत मानिस सुतेको बेलामा राति ८ः३० बजेदेखि बिहान २ः०० सम्म लिईसक्नु पर्छ ।
३. हाईड्रोसिल भएको ठाउँमा भिडियो एक्सरे गरी हेर्दा हाईड्रोसिल भएको ठाउँको पानीमा फाईलेरियाको परजीविलाई देख्न सकिन्छ ।
४. यसलाई सेरोलोजिकल जाँच गरेर पनि थाहा पाउन सकिन्छ ।

उपचार तथा रोकथाम
यो रोग एकप्रकारको जुकाबाट लाग्ने रोग भएकोले यस रोगको उपचार तथा रोकथामको लागि जुकाविरुद्धको औषधि प्रयोग गर्नु नै उत्तम उपाय हो । यस रोगको सुरुवाती अवस्थामै वा रोगका लक्षण देखिनु पूर्व नै यस रोगविरुद्धको औषधि सेवन गरेको खण्डमा हामी यस रोगबाट सुरक्षित हुनसक्छौँ । तर रोगको लक्षण देखिएपश्चात् यस रोगको पूर्ण उपचार भने सम्भव छैन । तर नियमित औषधि सेवनले भने यस रोगबाट हुनसक्ने जटिलताहरुलाई भने कम गर्ने काम गर्दछ ।

धेरैजसो जनमानसमा यस रोगविरुद्ध प्रयोग गरिने औषधिलाई नेपालमा बाह्य देशले प्रयोगका लागि पठाएको र यस औषधिको सेवनले मानिसको ज्यान लिन सक्छ भन्ने गलत धारणा रहेको पाईन्छ तर यो कुरामा कुनै पनि सत्यता रहेको पाईदैन । हात्तिपाईले रोग नेपाललगायत विश्वका ७० भन्दा बढी देशहरु जस्तैः दक्षिण अमेरिका, अफ्रिका, दक्षिण पूर्वि एसियामा रहेको छ । यी सबै देशहरुमा नेपालमा नै प्रयोग भएको हात्तिपाईले रोगविरुद्धको औषधि यस रोगको रोकथाम तथा उपचारको लागि प्रयोग भै रहेको छ ।


हात्तिपाईले रोगविरुद्ध औषधि वितरण कार्यक्रम एक अभियान
नेपालको स्वास्थ्य क्षेत्रको इतिहासमा चार हजार बर्ष पुरानो रागको रुपमा रहेको फाइलेरिया रोग हाल नेपालका ६१ जिल्लाहरुमा देखापरेको छ । हाल नेपालका हिमाली १३ जिल्ला र गुल्मीमा यस रोगको प्रकोप नभएको विभिन्न तथ्यांकहरुमा उल्लेख गरेको पाइन्छ । नेपालमा पहिले–पहिले यस रोगको खासै ठूलो प्रकोप थिएन ।

तर यस रोगको प्रकोप दर विस्तारै बढ्दै गएपछि नेपाल सरकारले यस रोगको निराकरण गर्नका लागि इ.सं. २००३ मा राष्ट्रिय रणनीति तय गरेको थियो जुन रणनीति हो हात्तिपाईले रोगविरुद्धको आम औषधि वितरण गरी नेपालबाट हात्तिपाईले रोेगलाई निवारणको अवस्थामा पु¥याउने । राष्ट्रिय रणनीति तयार गर्दा नेपाल सरकारले हात्तिपाईले रोगको प्रकोप भएका सबै जिल्लाहरुमा लगातार ६ बर्षसम्ममा लक्षित वर्गको कम्तिमा ६० प्रतिशत मानिसहरुलाई हात्तिपाईले रोगविरुद्धको औषधि सेवन गराई ई.सं. २०२० सम्ममा नेपाललाई यस रोगबाट मुक्त गराउने लक्ष्य लिएको थियो ।

सुरुवाती अवस्थामा सफल रुपमा सञ्चालन भएको अभियान वि.सं. २०६६ सालमा दाङलगायतका विभिन्न जिल्लाहरुमा सञ्चालन भएको थियो । दाङमा पहिलो बर्ष सफल रुपमा सञ्चालन भएको उक्त अभियान निरन्तर सात बर्षसम्म विभिन्न कारणले सफल हुन सकेन र परिणाम स्वरुप ६ वर्षमा पूरा हुनुपर्ने अभियान नवौं बर्षमा अभियानको रुपमा हात्तिपाईले रोगविरुद्धको आम औषधि वितरण अभियान यही २०७५ फागुन १५ गतेदेखि दाङलगायतका १५ जिल्लाहरुमा सञ्चालन हुन गैरहेको छ । अभियानको रुपमा सञ्चालन हुन लागेको उक्त कार्यक्रममा हामी सबै नेपाली नागरिकहरु सरिक भै नेपालबाट हात्तिपाईले रोगलाई हटाउने महाअभियानमा नेपाल सरकारलाई सहयोग गर्नु हामी सबै सचेत नागरिकको दायित्व हो ।

यस अभियानलाई सफल बनाउनका लागि हामी सबैले एकपटक कोहि पनि नछुटी पूर्णरुपमा यस रोगविरुद्धको औषधि सेवन गरौँ र हाम्रो सानो सहभागिताले आफू पनि सुरक्षित बनौँ र आफ्नो आउने सन्ततिलाई पनि सुरक्षित पारौँ । धेरैजसो जनमानसमा यस रोगविरुद्ध प्रयोग गरिने औषधिलाई नेपालमा बाह्य देशले प्रयोगका लागि पठाएको र यस औषधिको सेवनले मानिसको ज्यान लिन सक्छ भन्ने गलत धारणा रहेको पाईन्छ तर यो कुरामा कुनै पनि सत्यता रहेको पाईदैन ।

हात्तिपाईले रोग नेपाललगायत विश्वका ७० भन्दा बढी देशहरु जस्तैः दक्षिण अमेरिका, अफ्रिका, दक्षिण पूर्वि एसियामा रहेको छ । यी सबै देशहरुमा नेपालमा नै प्रयोग भएको हात्तिपाईले रोगविरुद्धको औषधि यस रोगको रोकथाम तथा उपचारको लागि प्रयोग भै रहेको छ ।

कतिपय देशहरुमा यो अभियान सफल भएर कार्यक्रम नै समाप्त भएको अवस्था छ भने कतिपय देशहरुमा यो कार्यक्रम सफलतापूर्वक चलिरहेको छ । त्यस भएको कारणले गर्दा हात्तिपाईले रोगविरुद्ध प्रयोग गरिने औषधि नेपालमा प्रयोगका लागि नभई सफल परिक्षण पश्चात् हात्तिपाईले रोगको निवारणका लागि प्रयोग भएको औषधि भनि बुझ्नु आजको आम मानिसको आवश्यकता हो ।

यो एक मानिसको शरीरमा भएको जुका मार्नको लागि प्रयोग गरिने औषधि हो र यदि कुनै मानिसको शरीरमा फाइलेरियाको जीवाणु छ भने उक्त ब्यक्तिलाई यस औषधिको प्रयोगपश्चात् टाउको दुख्ने, रिंगाटा लाग्ने, वाकवाक लाग्ने हुनसक्छ जुन केही समयको आराम र पर्याप्त पानीको प्रयोगपश्चात् आफै निको हुन्छ त्यसैले फाइलेरियाविरुद्धको औषधि सुरक्षित छ । त्यसैले हामी सबै मिलि समुदायमा रहेको फाइलेरियाविरुद्धको औषधिबारे भएका गलत धारणाहरुलाई चिरफार गरी आफू र आफ्नो सन्ततिलाई सुरक्षित पार्ने महाअभियान आफैले सर्वप्रथम औषधि सेवन गरी आफैबाट सुरुवात गरौं ।

 

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal