२०८२ मङ्सिर १९ गते शुक्रवार

६१ ग्राम ब्राउनसुगरसहित तीन पक्राउ

नेपालगञ्ज,असोज २३ । लागूऔषध नियन्त्रण ब्यूरो र जमुनाहा प्रहरीको टोलीले ६१ ग्राम ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।

जमुनाहामा जाँच गर्ने क्रममा शनिबार साँझ जसयपुरका मेराज अन्सारीलाई ५० ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको छ ।

लागूऔषध नियन्त्रण ब्यूरोका सई सन्जीत केसीको टोलीले अन्सारीलाई पक्राउ गरेको हो ।

युपी ४० के २६८० नम्बरको मोटरसाइकलमा सवार अन्सारीले हाफ पाइन्टको खल्तीमा ब्राउनसुगर राखेका थिए ।

त्यस्तै, दिउँसो ब्यूरो र जमुनाहा प्रहरीले जुम्लाका दुई जनालाई ११ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको छ ।

क १ प ११९७ नम्बरको मोटरसाइकल चलाएका किसन नेपालीले लगाएको हेल्मेटभित्र खैरो हेरोइन राखिएको थियो ।

मोटरसाइकलमा पछाडि बसेका अरुण भण्डारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

सीमावर्ती भारतीय बजार रुपैडिहामा सहजै पाइने लागूऔषध नेपाली कारोबारी र प्रयोगकर्ताले बोकेर ल्याउने गर्छन्।

प्रकाशित मिति : २०७९ असोज २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *