२०७७ मङ्सिर १० गते बुधवार

शहिद छोराको नाममा छात्रवृत्ति अक्षयकोष


फल्गुन १३ ।
सहिद छोराको नाममा एक जनाले छात्रवृत्ति अक्षय कोष स्थापना गरेका छन् । बाफिकोट गाउपालिका–२, का वडाअध्यक्ष धनबहादुर खत्रीले जनयुद्धको क्रममा सहिद भएका १५ बर्षीय छोरा खड्क केसीको स्मृतिमा अक्षय कोष स्थापना गरेका हुन् । छोराले ५ कक्षा सम्म पढेको जनकल्याण माध्यामिक विद्यालयमा १ लाख ११ हजार १ सय ११ रुपैयाको सहिद खड्क स्मृति छात्रवृत्ति अक्षय कोष स्थापना गरेका हुन् ।

विद्यालयको ५५ औं बार्षिकोत्सवको अवसरमा अध्यक्ष खत्रीले अक्षय कोषमा रकम जम्मा गरेको भौचर र चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर खत्रीलाई हस्तान्तरण गरेका छन् । उक्त रकमको व्याज वापत आउने रकमबाट हरेक बर्ष सोही विद्यालयका गरीब तथा जेहेन्दार छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिने छ ।

विद्यालय पोशाक, कापिकलमको अभावमा विद्यार्थीहरुले पढ्नबाट बञ्चित नहोउन भनेर सहिद छोराको नाममा छात्रवृत्ति कोष स्थापना गरेको खत्रीले बताए । उनका अनुसार छात्रवृत्ति अर्को बर्षदेखि प्रदान गरिने छ । अर्को बर्षदेखि हरेक फागुन १२ गते विद्यालयको बार्षिकोत्सवको अवसरमा छात्रवृत्ति पाउने विद्यार्थीको नाम घोषणा गरिने छ भने फागुन १५ गते छात्रवृति प्रदान गरिने छ । खत्रीका जेठा छोरा खड्क २०५२ फागुन १५ गते प्रहरीद्धारा मारिएका थिए ।

तत्कालिन नेकपा माओवादीले जनयुद्ध घोषणा गरेको १४ औं दिनपछि साविक पिपल गाविसको मेलगैरीमा अन्य ५ जना खत्रीबन्धुस“गै खड्क मारिएका थिए । सहिद हु“दा उनी रुकुम पूर्वको सिस्ने गाउ“पालिका–३, स्थित जनता माध्यामिक विद्यालयको कक्षा ६ मा अध्ययनरत थिए ।

प्रकाशित मिति : २०७५ फाल्गुन १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *