२०८१ भाद्र २७ गते बिहिवार

शितलपुर शिवपुराणमा एकै दिन १२ लाख संकलन

देविराम कुसारी,
शितलपुर, फागुन ८ । तुलसीपुर १२ शितलपुर दाङमा जारी रहेको शिव महापुराणको बुधवार मात्रै १२ लाख दान संकलन भएको ।

शिवमहापुरणको १०औं दिन सम्म ६१ लाख दान संकलन भएको समितिका सचिव लिलाधर वलीले जानकारी दिएका छन् । पञ्चमुखे शिव मन्दिर र अखेलृश्वर महादेवको मन्दिर निर्माणार्थ सञ्चालन भैरहेको शिवपुराणमा बुधवार मात्रै नगद १२ लाख नगद दान संकलन भएको पुरान मुल आयोजक समितिका कोषाध्यक्ष हरिहर पौडेलले बताए ।
पुराणमा बुधवार सबैभन्दा धेरै नगद दान तसलसीपुर १२ शितलपुर निवासी नेपाली काँग्रेसका नेता शंकर गिरीको परिवारले ६५ हजार नगद दान गरेको छ । त्यसमा सुनिता गिरी, नविन गिरी,रोसन गिरी लगाएत गिरी परिवारले मिलेर नगद ६५ हजार ५ नगद दान गरेका हुन ।

त्यस्तै बुधवार नै तुलसीपुर ११ वेलटाकुराका निवासी विरेन्द्रसिंह ठकुरी, धिरासिंह ठकुरी विक्की सिंह ठकुरी लगाएत ठकुरी परिवारले ५५ हजार ५ सय ५५ रुपंैया नगद दान गरेको छ । यसैगरी तुलसीपुर १२ का गायत्रा गौतम,कमल गौतम, अनिल गौतम, हरी गौतम लगाएत गौतम परिवारले ४२ हजार,५ सय २५ रुपंैया दान गरेका छन् । महापुरानमा बुधवार तुलसीपुर ११ उरहरीका वलदेव आचार्य, लक्ष्मण आचार्य, रबीकिरण आचार्य लगाएत आचार्य परिवारले ४१ हजार एक सय ११ रुपंैया नगद दान गरेको आर्धिक उपसमितिका संयोजक हरिहर पौडलले जानकारी दिए ।

बुधवारको महापुराण मुल आयोजक समितिका संयोजक शक्तिकुमार शर्माको अध्यक्षता तथा राप्ती बंबई क्याम्पस सञ्चालक समितिका कार्यबहाक अध्यक्ष मिनराज वलीको प्रमुख आथित्यमा भएको हो ।

शिवपुरानमा बुधवार नै तुलसीपुर १२ शितलपुर निवासी गिता भण्डारी, राधा भण्डारी, दिपक भण्डारीको परिवारले ३२ हजार ५ सय ५ रुपैंया, तुलसीपुर १२ जस्पुरका गहेन्द्र वस्नेतले ३१ हजार एक सय ५५ रुपैंया, तुलसीपुर ११ उरहरीका गणेश रिजालले ३० हजार १ सय ५ रुपंैया, तुलसीपुर १३ दमारगाउका चेतकान्त योगी, थम्मन योगी, मेघनाथ गोगी, कुमार योगीको परिवारले २७ हजार ५ सय ५५ रुपैंया, तुलसीपुर १२ कचिलाका मोहन चौधरी, रणबहादुर चौधरी र रामबहादुर चौधरीको परिवारले २५ हजार ५ सय २५ रुपैंया, तुलसिपुर निवासी मनसरा रानाले २५ हजार ५ सय १० रुपैंया नगद दान गरेको चिन्ताबहादुर गिरीले जानकारी दिए ।

यसअघि शिव पुराणमा तुलसीपुर ११ उरहरीका झुपा कुसारी, भक्तबहादुर केसी, शान्तबहादुर केसी, नन्दराम केसी, मानबहादुर केसी परिवारले २५ हजार पाच रुपंैया, १२ शितलपुरका पदमबहादुर योगि, अम्मर योगी र खड्गबहादुर योगी परिवारले २५ हजार पाच रुपैया दान गरेका थिए । त्यस्तै दंगिशरण २ बंगलापुरका रणविर कुसारी, देविराम कुसारी, झुपलाल कुसारी र टिकाबहादुर कुसारी परिवारले दानलाई ४१ हजार १ सय ११ पुर्याएको समितिका मदन वलीले जनकारी दिए ।

महापुरणमा मुख्य वाचकका रुपमा कोमल उपाध्यय र सहवाचकमा दुर्गा प्रशाद भुषाल रहनुभएको छ भने १०८ श्रिमद भागवद संकल्पकर्ता डिला पाण्डेले पनि वाचकको व्यवस्थापनमा सहयोग गर्दै आएका छन् । पुरान ९ गते सम्म चल्लने छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *