२०८१ बैशाख ८ गते शनिवार

शैक्षिक गुणस्तरको लागि सबैको प्रयास आवश्यक : नगर प्रमुख केसी

शिवु खनाल,
देउखुरी, फागुन ८ । लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले शिक्षा क्षेत्रको विकासका लागि सबै क्षेत्रवाट प्रयास हुनुपर्ने बताएका छन् । नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा लेखा सम्बन्धी कामगर्ने शिक्षक एवं कर्मचारीहरुका लागि आयोजित तिनदिने विद्यालय लेखा ब्यवस्थापन तालिममा बुधवार मयेर केसीले शिक्षा क्षेत्रको विकासको लागि नगरपालिकाले योजना गुरु योजना बनाएको भन्दै अव त्यही अनुरुप अगाडि बढ्नुपर्ने धारणा राखेका हुन । ‘शैक्षिक गुणस्तरको लागि सबैको प्रयासको आवश्यक छ,’ केसीले भने ‘विद्यालयलाई कसरी व्यवस्थित बताउने र कसरी नतिजामा सुधार ल्याउनेवारे सबैले चिन्तन मनन गर्न आवश्यक छ।’

कार्यक्रममा नगरपालिकाका उप–प्रमुख देवका बेल्वासे, लमही नगरपालिका प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्रबहादुर डाँगी, स्रोतव्यक्ति उपेन्द्र चालिसे, बाल उदय आधारभुत विद्यालयका प्रध्यानध्यापक महेन्द्रसिंह केसी र मावि सोनपुरकी लेखापाल अविना थापा लगाएतले मन्तब्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०७५ फाल्गुन ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *