सरीता चौधरी,
दाङ,फागुण ७ । दाङका अपाङता भएका ब्यक्तिहरुका लागि ३ दिने क्षमता विकास सम्बन्धि तालिम बुधबारदेखि शान्तिनगर गाउँपालिकामा सुरु भएको छ । सुमदायमा आधारित पुर्नंस्थापना कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको तालिममा अपाङता भएका ब्यक्तिहरुको संबैधानिक अधिकार,नेतृत्व विकास र सशक्तिकरण लगायतका बिषयमा प्रशिक्षण दिने खुमबहादुर वलीले जानकारी दिए ।
गाउँपालिकाको महिला वालवालिका तथा समाज विकास शाखाको आयोजनामा तालिम सञ्चालन गरिएको हो । गाउँपालिकाका वडा नम्वर ४ का अध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक धनबहादुर केसीको अध्यक्षता तथा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत निमबहादुर केसीको प्रमुख आतिथ्यमा तालिमको उद्घाटन भएको हो ।
तालिम उद्घाटन कार्यक्रममा प्रमुख अतिथि केसीले अपाङता भएका ब्यक्तिहरुको अन्तरनिहित सीप र क्षमताको उजागर गर्न तालिम प्रभावकारी हुने केसीले आशा व्यक्त गरे ।
समाजिक विकास समितिका संयोजक समेत रहेका केसीले राज्यको पहुँच फरक क्षमताका नागरिक सम्म पुग्न यस्ता कार्यक्रमले मद्धत गर्ने बिचार ब्यक्त गरे ।
तालिममा २८ जना अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता छ । यो गाउँपालिकामा साढे ३ सय बढी अपाङता भएका ब्यक्तिहरु रहेको जानकारी दिइएको छ । त्यो तालिमको प्रशिक्षकमा अधिकारकर्मी एवं पत्रकार सुशील बस्नेत लगाएका छन् ।