२०७७ मङ्सिर १७ गते बुधवार

शितलपुर शिवपुराणमा ४६ लाख संकलन

देविराम कुसारी,
शितलपुर, फागुन ७ । तुलसीपुर १२ शितलपुर दाङमा जारी रहेकाे शिव महापुराणकाे नाैं दिन सम्म ४६ लाख भन्दा बढी दान संकलन भएकाे छ । पञ्चमुखे शिव मन्दिर र अखेलृश्वर महादेवकाे मन्दिर निर्माणार्थ सञ्चालन भैरहेकाे शिवपुराणकाे अाज (मंगलवार) मात्रै नगद साढे पाँच लाख नगद दान संकलन भएकाे पुरान मुल अायाेजक समितिका काेषाध्यक्ष हरिहर पाैडेलले जानकारी दिएका छन ।

पुराणमा तुलसीपुर १२ शितलपुरका लिलाधर गिरी र विनाेद गिरीकाे परिवारले ५१ हजार पाच सय पाच, वडा नम्वर ५ तुलसीपुरका जमुना प्रशाद गुप्ता र तारादेवि गुप्ताले १५ हजार पाच सय ५५, वडा नम्वर १२ शितलपुरका कल बहादुर भण्डारी र चित्रकुमारी भण्डारीले १५ हजार एक सय ५५, वडा नम्वर वारकै कविरा अधिकारी र पुष्पा अधिकारीले १५ हजार १५ रुपैया नगद दान गरेकाे अार्धिक उप समितिका संयाेजक हरिहर पाैडलले जानकारी दिएका छन ।

पुराणमा कार्यक्रमका प्रमुख अथिति दंगिशरण गापाका उपाध्यक्ष पिमा खड्का वलि र दुर्गा खड्काले १५ हजार ५ र गाउपालिकाे तर्फ वाट एक लाख एक हजार दान दिने घाेषणा गरेका छन ।

अर्का प्रमुख अधिति दंगिशरण वडा नम्वर २ का वडा अध्यक्ष तुलसीराम देवकाेटाले सात हजार पाच रुपैया, तुलसि वाेर्डिङ स्कुल तुलसीपुरले १५ हजार पाच, वडा नम्वर १३ रनियापुरका देवेन्द्र रिजाल र अम्विका रिजालले १५ हजार पाच, वडा नम्वर १३ बखरियाका चाेपलाल वस्नेत र सीता वस्नेतले १५ हाजार पाच रुपैया नगद दान दिएका छन ।

शितलपुर शिव महापुराण मुल अायाेजक समितिका संयाेजक शक्ति कुमार शर्माकाे अध्यक्षता तथा दंगिशरण गापाका उपाध्यक्ष पिमा खड्का वली र वडा नम्वर २ का वडा अध्यक्ष तुलसिराम देवकाेटाकाे प्रमुख अाथित्यता भएकाे विशेष कार्यक्रममा अन्य दाताले पनि सहयाेग गरेका थिए ।

महापुराणमा ग्रहजप, विवाह, व्रतबन्ध, लक्ष्यवर्तिका, सत्यनारायणकाे कथा, तुलादान अादि धर्मिक अनुष्ठान गरिने व्यवस्था मिलाएकाे समितिले जानकारी दिएकाे छ ।  महापुरणमा मुख्य वाचकका रुपमा काेमल उपाध्यय र सहवाचकमा दुर्गा प्रशाद भुषाल रहेकाे १०८ श्रिमदभागवद संकल्पकर्ता डिला पाण्डेले जानकारी दिएका छन ।

 

प्रकाशित मिति : २०७५ फाल्गुन ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *