२०८१ फाल्गुन ६ गते मङ्गलवार

प्रजातन्त्र दिवसको अवसरमा फलफूल वितरण

अमृतकाजी शर्मा, 

दाङ, फागुन ७ । नेपाल लेखापढी कानून ब्यवसायी एशोसियसन इकाइ समितिले तुलसीपुर प्रादेशिक अस्पतालका बिरामीलाई फलफूल बितरण गरेको छ । 

मंगलवार परेको ६९औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा लेखापढी कानून ब्यवसायीहरुले अस्पतालमा पुगेर विरामीलाई फलफूल बितरण गरेका हुन । फलफूल बितरण गर्नु अघि आयोजित अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय महासचिव शुसिल बस्नेतले दिवसलाई औपचारिकता भन्दा पनि सिजनशिल बनाउन आग्रह गरे । 

पत्रकार समेत रहेका बस्नेतले प्रजातन्त्र, गनत्रन्त्र र लोकतन्त्र नेपाली नागरिकका लागि महान उपलब्धि प्राप्त भएको दिन भएको बताए । नागरिकका ठूलो संघर्ष र बलिदानी वाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै लैजाने र प्राप्त उपलब्धिको अनुभूति नागरिकले गर्न पाउनु पर्ने उनको कथन थियो । तर महंगी, भ्रष्टाचार, कुसंस्कार वढ्दै गएकोमा बस्नेतले चिन्ता ब्यक्त गरेका थिए । कार्यक्रमलाई  अवसरमा अधिबक्ता अधिकारकर्मी तथा उच्च अदालत वार इकाई तुलसीपुरका पुर्व अध्यक्ष मोहन धितालले सम्वोधन गर्दै प्रजातन्त्र विना नागरिकका वाक स्वतन्त्रता खोसिने बताए । ‘जहाँ प्रजातन्त्र रहन्छ त्यहाँ मात्रै नागरिक सर्वौच्चता कायम हुन्छ,’ धितालले भने ‘लोकतन्त्र नभएको देशमा व्यक्तिका अधिकार कुन्ठित हुन्छन्।’

 कार्यक्रमलाई नागरिक समाजका निर्वतमान संयोजक टिकाराम रेग्मी, अधिकारकर्मी निर्मल नेपाली लगाएतले राजनीतिक अधिकार प्राप्त भइकसेकाले अब सामाजिक तथा नागरिक अधिकार सुनिश्चित गर्न तर्फ जोड दिएका थिए ।  समितिका अध्यक्ष हरिलाल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य सहसचिव केपी चौधरीले गरेका थिए भने सहजीकरण  सचिव बिनोद न्यौपानेले गरेका हुन ।

प्रकाशित मिति : २०७५ फाल्गुन ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *