२०८१ फाल्गुन २ गते शुक्रवार

रावतको सम्झनामा श्रद्धाञ्जली सभा

तुलसीपुर,फागुन ३ । नेपाल कम्युनिष्ट पाटीका नेता मानवहादुर रावतले आमा नन्दादेवी रावतको सम्झनामा विद्यालय र मन्दिरलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले अमरमावि उरहरीमा १ लाखको अक्षयकोशका लागि सितलपुरमा मन्दिर निर्माणार्थ आयोजना गरिएको महायज्ञलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मृतक रावतको १३ औ दिनको पुण्यतिथिका अवसरमा आयोजना गरिएको श्रद्धान्जली सभाका क्रममा छोरा मानवहादुर रावतले सो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १२ को हेमनगर आयोजना गरिएको श्रद्धान्जली सभामा वोल्दै नेकपा प्रदेश नम्वर ५ का सचिव जगप्रसाद शर्मा अपारले मृत्यु संस्कारलाई आवश्यकता अनुसार सरलीकरण गर्दै लैजानुपर्ने कुरामा जोड दिए । उनले संस्कारका नाममा जटिल कुरालाई आत्मसाथ गर्न आवश्यक नरहेको समेत वताए । कम्युनिष्ट आन्दोलनलाई अगाडि वढाउनका लागि स्वर्गीय रावले आफ्नो तर्फबाट खेल्नुभएको भुमिकाको प्रशंसा गर्दै उहाँले देखाउनुभएको बाटोलाई सबैले आत्मसाथ गर्नुपर्ने वताए ।

कार्यक्रममा वोल्दै विशिष्ट अतिथि एवम् नेकपाका केन्द्रीय सदस्य निर्मल आचार्यले नेपाली जनताले सोचे अनुरुप देश परिवर्तनको दिशामा अगाडि वढेको भन्दै कम्युनिष्ट आन्दोलनका लागि योगदान दिनेहरुको मुल्य खेर नगएको वताए । कार्यक्रममा प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसी, तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे, नेकपामा नेता शोभाराम वस्नेत, नेपाली काँग्रेसका शंकर गिरी,प्रदेश कमिटि सदस्य भिमवहादुर ओली, मेनका पोख्रेल, रामजी चौधरी मिलन, सुर्यवहादुर डाँगी,खुसीराम चौधरी लगायतले मृतक रावतप्रति श्रद्धासुमन व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सुरामणी वेलवासेले गरेका थिए ।

प्रकाशित मिति : २०७५ फाल्गुन ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *