काठमाण्डौ,असार २४ । पछिल्लो २४ घण्टामा ९८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
पीसीआर र एन्टिजेन गरी दुई हजार एक सय ५४ जनाको नमुना परीक्षण गर्दा ९८ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा २७ जना सङ्क्रमित निको भएका छन् । अब नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय ६४ जना पुगेको छ । २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।
थप ६२ हजार नौ सय ७१ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : २०७९ असार २४ गते शुक्रवार
