काठमाडौँ,असार २३ । अनेक विवादमा परेका अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि अर्थसचिव मधुकुमार मरासिनी मन्त्रालय फर्किएका छन्।
सचिव मरासिनीको सचिवालयका अनुसार उनी बिहीबार मन्त्रालय आइपुगेर काम सम्हालेका हुन्।
मन्त्री शर्मा गम्भीर विवादमा परेपछि मरासिनीले स्वास्थ्य समस्या देखाउँदै मंगलबार दुई दिन बिदामा बस्ने औपचारिक जानकारी गराएका थिए।
तर उनी एक दिन मात्रै बिदा बसेर मन्त्रालयमा हाजिर भएका हुन्।
सचिव मरासिनीको सचिवालयका एकजना सदस्यले उनी पौने २ बजे मन्त्रालय आइपुगेको जानकारी दिए।
अर्थमन्त्री शर्मा विवादमा परेपछि अर्थसचिव मरासिनी प्रधानमन्त्री निवास बालुवाटार पुगेर बिदामा बस्ने जानकारी गराएका थिए।
प्रकाशित मिति : २०७९ असार २३ गते बिहिवार
