२०८२ माघ ३ गते शनिवार

थप ५५ जनामा कोरोना पुष्टि

काठमाण्डौ,असार १६ । पछिल्लो २४ घण्टामा ५५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी दुई हजार ६ सय ९८ जनाको नमुना परीक्षण गर्दा ५५ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा १७ जना सङ्क्रमित निको भएका छन् । योसँगै अब नेपालमा दुई सय ८० जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।

२४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । थप तीन लाख १६ हजार चार सय ७७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७९ असार १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *