२०८१ असोज ४ गते शुक्रवार

विरेन्द्र शाहले सितलपुर मन्दिरलाई ३० हजार दान दिए

दाङ,माघ २९ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष विरेन्द्रकुमार शाहले सितलपुर मन्दिरलाई ३० हजार नगद दान गरेका छन् । मंगलरवार जारी शिवपुराणमा पुगेका शाहले व्यक्तिगत रुपमा ३० हजार दान गर्नुका साथै थप के गर्न सकिन्छ त्यसवारे उपमहानगरपालिकामा कुरा उठाउने आश्वासन दिए । नेपाली काँग्रेसका युवा नेता समेत रहेका शाहले सितलपुर तुलसीपुर क्षेत्रकै प्रमुख धार्मिक पर्यटकिय स्थल बन्ने सक्ने संभावना औंल्याए ।

‘तुलसीपुरमा सितलपुर जत्तिकै धार्मिक महत्वको सुन्दर ठाउँ पाउन मुस्किल छ ।अब यसको विकासमा सबैले हातेमालो गर्न आवश्यक छ,’ शाहले फरककोणलाई भने । आफुहरु केटाकेटी हुँदादेखि नै सितलपुर धार्मिक रुपमा तथा वनभोज खान जानेहरुका लागि महत्वपूर्ण गणतब्य रहेको स्मरण गरेका उनले पछिल्लो समय अलि ओझेलमा पर्न थालेको भन्दै चिन्ता जाहेर गरे । ‘तुलसीपुरको विकाशका लागि सितलपुरको विकास अनिवार्य छ,’ शाहले भने ‘त्यसका लागि उपमहानगरपालिकाले योजना बनाउन आवश्यक छ।’

तुलसीपुर १२ स्थित सितलपुर मन्दिरमा पञ्चमुखे शिव मन्दिर र अख्लेश्वर महादेवको मुर्ती स्थापना गर्नका लागि गत आइतबारदेखि शिवपुराण सुरु गरिएको छ ।

शितलपुर शिव महापुराण मुल आयोजक समितिको आयोजनामा शुरु भएको शिवपुरनको उद्घाटन प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले गरेका हुन । शिवपुरणका संयोजक शक्तिकुमार शर्माले दिनानुदिन महापुराण श्रवणगर्न आउने भक्तजन र दानदाताको संख्या बढ्दै गएको जानकारी दिए । शिवपुरनको मुख्य वाचकका रुपमा कोमल उपाध्यय र सहवाचकमा दुर्गाप्रशाद भुषाल रहेका छन् । शिवपुराण फागुन ९ गतेसम्म चल्ने जानकारी दिइएको छ ।

प्रकाशित मिति : २०७५ माघ २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *