२०८३ असार २८ गते आइतवार

समयमै पाठ्यपुस्तक दिन नसक्ने जनक शिक्षा सामग्री खारेज गरौँः सांसद लामा

काठमाडौं,जेठ २६ । प्रतिनिधि सभा सांसद नविना लामाले जनक शिक्षा सामग्री केन्द्रको चरम लापरबाहीका कारण विद्यार्थीहरूले पाठ्यपुस्तक नपाएको बताएकी छन्।

बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद लामाले जनक शिक्षा बचाउने नाममा विद्यार्थीले समयमा कहिल्यै पुस्तक नपाएको गुनासो गरिन्। लामाले छाप्ने र वितरण गर्न नसक्ने हो भने जनक शिक्षा सामग्री खारेज गर्न माग गरिन्।

उनले सरकार जनक शिक्षा सामग्रीलाई पैसा दिइरहने जनक शिक्षा जहिल्यै पाठ्यपुस्तकमा लापरबाही गरिने अवस्थाको अन्त्य हुनुपर्ने बताइन्।

प्रकाशित मिति : २०७९ जेष्ठ २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *